अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोतीपुर हत्याकाण्ड– गृहमन्त्रीले राजीनामा दिनुपर्ने शान्ताको माग

मोतीपुर हत्याकाण्ड– गृहमन्त्रीले राजीनामा दिनुपर्ने शान्ताको माग


काठमाडौं- देउवा सरकारले दशैंको बेला चारजनालाई मारेकोमा भूमिहीन सुकुम्वाही संगठनले कडा विरोध गरेको छ ।

देउवा सरकारले आइतबार रुपन्देहीको मोतीपुरमा भूमिहीन सुकुम्वासीहरुको विरोधको जवाफ गोलीले दिएको हो । सरकारले गोली ठोकेर तीनजनालाई मारेको छ भने कैयनलाई घाइते बनाएको छ ।

सरकारले गरेको सो अमानवीय तथा बर्बर घटनाको विरोध गर्दै संगठनकी अध्यक्ष शान्ता चौधरीले एक विज्ञप्ति जारी गर्नुभएको हो । अध्यक्ष चौधरीले सरकारको सो बर्बरतालाई अमानवीयको संज्ञा दिँदै गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग्नुभएको छ ।

शान्ताको विज्ञप्तिमा लेखिएको छ– ‘मोतीपुरमा लामो समयदेखि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु बसोबास गरिआएका र तिनले सरकारबाट न्यायिक छानविन गरी जग्गा प्राप्तिको आशमा बसेकाहरुलाई हिँस्रक दमन गरिएको छ ।’

शान्ताले सो हत्याकाण्डको न्यायिक छानविनको माग समेत गर्नुभएको छ ।

सरकारी अत्याचारको प्रतिरोधमा देशभरीका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित वसोबासी आन्दोलित हुन वाध्य हुने उल्लेख छ ।