काठमाडौँ- आरआर क्याम्पसका स्ववियू सभापति समेत रहेका माधव नेपाल निकट अखिल फोर्सका संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किनुभएको छ ।
उहाँ नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको जिम्मेवारीमा फर्किनुभएको हो । शाहीले आफू नेकपा एकीकृत समाजवादी निकटको संगठनमा नरहेको र अनेरास्ववियुमा रहेको पुष्टि गर्नुभयो ।
राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैँ सहभागी भएर अखिल फोर्सको घोषणा गर्नुभएको थियो । शाही अनेरास्ववियूमा फर्किएको र सचिवको जिम्मेवारीमा क्रियाशिल रहने अनेरास्ववियूले जनाएको छ । शाहीसँग अनेरास्ववियूका अर्का नेता दिपेश प्रसाईं पनि अनेरास्ववियुमै फर्किनुभएको थियो ।





प्रतिक्रिया