काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलबाड भइरहेको बताउनुभएको छ ।
विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छठको अवसरमा सोमबार चितवनको भरतपुरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा पौडेलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्नुभयो । ‘नेपाली कांग्रेसको इज्जत र प्रतिष्ठामा खेलबाड गर्न सभापतिलाई, यो मुलुकको प्रधानमन्त्रीलाई अधिकार छ?’, उहाँले प्रश्न गर्नुभयो ।
उहाँले अन्य दलको चुनाव चिन्हमा भोट हालेर कांग्रेसको अस्तित्व नै नराखेको बताउनुभयो । ‘कहिले सूर्यमा भोट हाल्नुपर्ने, कहिले हँसिया हथौडामा भोट हाल्नुपर्ने? कहिले हलोमा भोट हाल्नुपर्ने अवस्था छ’, उनले भने, ‘१३ औँ महाधिवेशनपछि कांग्रेसले कहिले सूर्यमा भोट हाल्नुपरेको, कहिले हँसिया हथौडामा भोट हाल्नु परेको छ, कहिले हलोमा भोट हाल्नु परेको छ। उक्त गल्तीलाई सच्याउन सबै कार्यकर्ताले पनि ध्यान दिनुपर्छ।’
पौडैलले अब रुखमै भोट हाल्न पर्ने कांग्रेस चाहिएको बताउनुभयो ।





प्रतिक्रिया