अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन कांग्रेस सभापतिको भाइरल भाषण, ‘प्रचण्डले फेरि छोरीलाई मेयर बनाउँछु र आफू सांसद हुन्छु भनेर नसोचे पनि हुन्छ’

चितवन कांग्रेस सभापतिको भाइरल भाषण, ‘प्रचण्डले फेरि छोरीलाई मेयर बनाउँछु र आफू सांसद हुन्छु भनेर नसोचे पनि हुन्छ’


चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा पाँच दलीय गठबन्धन हुने बताइरहेका बेला कांग्रेस चितवनले कडा चुनौती दिएको छ ।

कांग्रेस महामन्त्री शसांक कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा चितवन कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई भ्रममुक्त हुन अपिल गर्नुभएको छ । ‘पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पत्रकार सम्मेलन गरेर जानुभएको छ । उहाँले बोल्नुभयो– चितवनकाले भनेर केही हुँदैन । माथिबाटै हुन्छ गठबन्धन,’ श्रेष्ठको कडा चेतावनी थियो, ‘खबरदार चितवन कांग्रेसले चितवन चलाउने हो, केन्द्रले होइन । प्रचण्डलाई भ्रम छ भने मुक्त हुँदा हुन्छ । फेरि छोरीलाई मेयर बनाउँछु, म सांसद बन्छु भन्ने सपना देखेको भए मुक्त भए हुन्छ, माओवादीलाई साक्षी राखेर भन्न चाहन्छु, यसपटक चितवन कांग्रेसले रुख बाहेक अन्त भोट हाल्दैन ।’

श्रेष्ठले चितवनको कागेसले गठबन्धनको नाममा हसिया हथौडामा भोट हाल्नुपरेकोमा गुनासो गर्नुभएको छ । ‘गठबन्धनका नाममा, प्रधनमन्त्रीको कुर्सीको जोगाउने नाममा माओवादीले काटेको हातले गएर माओवादीलाई नै भोट हाल्नुपर्‍यो,’ उहाँको भनाइ थियो ।

२०७३ मा भएको स्थानीय तहको निर्वाचनमा चितवनमा प्रचण्डपुत्री रेणु दाहाललाई मेयर बनाउन माओवादीसहितको गठबन्धन बनेको थियो । निर्वाचनमा पराजित हुने निश्चित भएपछि मतपत्र च्यातेर पुनः निर्वाचन गराएर रेणुलाई मेयर बनाइएको थियो ।