काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शुभकामना कार्डले प्रशंसा र चर्चा पाएको छ ।
समकालिन नेताहरुमा अभिव्यक्ति र कामका कारण चर्चामा रहिरहने अध्यक्ष ओलीले चाडवाडका अवसरमा वितरण गर्नुभएको शुभकामना कार्डले चर्चा पाएको हो । विगतमा कार्डमा फोटो राख्ने गरिए पनि यसपटक राखिएको छैन । नेतादेखि सर्वसाधारणसम्मले फोटोसहितको डिजिटल शुभकामना कार्ड वितरण गरिरहेकाबेला अध्यक्ष ओलीले नयाँ प्रयोग गर्नुभएको हो ।
हुन त अध्यक्ष ओलीको यस वर्ष दसैं टीका छैन । भाइको निधनको कारणले अध्यक्ष ओलीले यो वर्षको दसैँमा टिका लगाउने कार्यक्रम छैन । तर, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भने उनले शुभकामना आदानप्रदान गरिरहनुभएको छ ।







प्रतिक्रिया