झापा– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै आज झापामा शुभकामना आदान प्रदान सहित चियापानको आयोजना गर्नुभएको छ ।
अध्यक्ष ओलीले गृह जिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गर्नु भएको कार्यक्रमको व्यवस्थापन गरिरहेको एमाले जिल्ला कमिटीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महासचिव राजेन्द्र लिङदेन, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतका नेताहरु पनि सहभागी हुनुहुनेछ । कार्यक्रम साई पार्टी प्यालेस सिटी सेन्टर विर्तामोडमा आयोजना गरिएको छ ।
कार्यक्रमका लागि अध्यक्ष ओली यति एयरको पहिलो उडानबाट भद्रपुर अवतरण गर्दै हुनुहुन्छ । उहाँ आजै अपरान्ह ३:४० को उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्यसमेत रहनुभएकी कलाकार कोमल वलीलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।
प्रतिक्रिया