झापा- प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शेरबहादुर देउवा सरकार टालाटुली भएको बताउनुभएको छ ।
झापामा बिहीबार भएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले देउवा सरकारलाई थोत्रा टाला गाँसेर बनाएको टिप्पणी गर्नुभएको छ ।
सरकार बन्नै तीन महिना लागेको उल्लेख गर्दै आचार्यले कहिले योजना बनाउने कहिले कार्यान्यन गर्ने भनेरी प्रश्न गर्नुभयो ।
अफ्ठ्यारो स्थितिमा प्रदेश सरककर बनेको बताउँदै उहाँले बहुमत जुटाउन प्रयासरत रहेको जानकारी दिनुभयो । नेकपा एमाले फुटाउन बनेको गठबन्धन बनेको टिप्पणी गर्दै कात्तिक ५ गते विश्वासको मत लिने उल्लेख गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा झापामा चियापान आयोजना गरिएको हो । अध्यक्ष ओली भने आफ्नी काकीलाई भेट्न सुरुंगाको चप्रामारी जानुभएको छ ।
आफ्ना भाइ राम ओलीको कोरोना भाइरसका कारण निधन भएकाले अध्यक्ष ओलीले भने टिका लगाउनुहुन्न ।
प्रतिक्रिया