अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृह जिल्लामा घन्कियो : फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई (भिडियोसहित)

गृह जिल्लामा घन्कियो : फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई (भिडियोसहित)


झापा-

फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई
देशको लागि आज अनि चाहियो भोलिलाई
आजकल त झन्झन् खाँचो भयो देशलाई

झापामा बिहीबार भएको चियापान कार्यक्रममा राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी कलाकार कोमल वलीले उक्त गीत गाउँदा उपस्थितहरु छमछम नाचे । वलीले गीतमा ओली सरकारका सपनाका कार्यक्रमहरुको फेहरिस्त विवरण सुनाउनुभएको थियो ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यक्रममा वलीलाई गीत थप्न अनुरोध गरियो ।

कार्यक्रममा भाषणमात्रै भन्दा पनि व्यवसायिक कलाकारको प्रस्तुति रह्यो ।

बाल गायकहरु प्रितम आचार्य, आयुश केसी मञ्चमा छाए ।

यति एयरजको जहाजबाट मध्यान्ह १२ बजे अध्यक्ष ओली झापा उत्रनुभएका ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल पनि झापा आउनुभएको थियो ।

अध्यक्ष ओलीले आफ्नी काकीलाई भेट्न सुरुंगाको चप्रामारी समेत पुग्नुभयो ।

आफ्ना भाइ राम ओलीको कोरोना भाइरसका कारण निधन भएकाले अध्यक्ष ओलीले भने टिका लगाउनुहुन्न ।