अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृहजिल्लामा अध्यक्ष ओलीको फरक भाषण, विरोध, कटाक्ष, टिकाटिप्पणी भएन

गृहजिल्लामा अध्यक्ष ओलीको फरक भाषण, विरोध, कटाक्ष, टिकाटिप्पणी भएन


झापा- समकालिन नेताहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणलाई चासोका साथ हेरिन्छ ।

झर्रो नेपाली शब्दको प्रयोग, तिखो टिप्पणी, विपक्षीप्रति आक्रामक भाषण गर्ने अध्यक्ष ओलीले शुभकामना आदान प्रदानका लागि गृहजिल्ला झापामा भएको कार्यक्रममा भने फरकपन अपनाउनुभयो । उहाँले कुनै विरोध, कटाक्ष, टिकाटिप्पणी गर्नुभएन ।

संसदमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीको भाषण सरकारप्रति आक्रामक रहने अपेक्षा गरिन्छ ।

अध्यक्ष ओलीले मन्तव्यको सुरुमै भन्नुभएको थियो, ‘यतिबेला शुभकामना आदान प्रदान गरेका बेला म कुनै विरोध, कटाक्ष, टिकाटिप्पणी गर्दिनँ ।’

परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताउँदै अध्यक्ष ओलीले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो, ‘बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ?’

भाइ रामको निधनका कारण अध्यक्ष ओलीको घरमा दसैं मनाइँदैन । उहाँले १५ दिनदेखि आफू चाडवाडसँग सम्बन्धित कार्यक्रममा नगएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा सांकेतिकरुपमा भने शक्ति पृथकीकरणको सिद्धान्तविपरीतका काम भएको टिप्पणी गर्नुभयो । ‘लोकतान्त्रिक प्रणालीमा सबै निकायहरुले शक्ति सन्तुलनमा रहेर आ आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ, अली परसम्म हेर्ने बानी पलाओस्,’ उहाँले भन्नुभयो ।

जनताको जीवनमा देखिने गरी सकारात्मक परिवर्तन ल्याउनका लागि लोकतन्त्र ल्याइएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई लुटतन्त्र बनाउन नमिल्ने उल्लेख गर्नुभयो ।

परमादेशबाट विश्वमा कहिँ पनि सरकार नबनेको बताउँदै अध्यक्ष ओलीले सरकार निर्माणमा भएका सट्टापट्टाको वास्तविकता विस्तारै खुल्दै जाने उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो, ‘बीचैमा अर्ली इलेक्सन भनेर आउने हो कि ?’

अध्यक्ष ओलीले स्थानीय सरकार र प्रदेश सरकारमा रहेका एमाले जनप्रतिनिधिहरुलाई जिम्मेवार भएर जनताको मत जित्ने काम गर्न आग्रह गर्नुभयो ।