अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभू साह फेरि पार्टी काममै, प्रदेश नम्बर २ मा एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्य

प्रभू साह फेरि पार्टी काममै, प्रदेश नम्बर २ मा एमालेलाई पहिलो पार्टी बनाउने लक्ष्य


बारा– नेकपा एमालेका नेता प्रभू साह फेरि पार्टी काममा सक्रिय रहनुभएको छ ।

आठ बुँदे माग राखेर केही महिना निष्क्रिय रहनुभएका साह अध्यक्ष केपी शर्मा ओलीसँग सहमति भएपछि फेरि पार्टी काममा देखिनुभएको छ । उहाँले दसैंका बीचमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा धमाधम भेला, अन्तर्क्रियालगायतका कार्यक्रम गरिरहनुभएको छ ।

हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिबास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा उत्साहजनक उपस्थितिबीच साहले प्रदेश नम्बर २ मा एमालेलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभयो ।

साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गर्नुभयो । प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको उहाँको आरोप थियो ।

हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरूप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको भन्दै नेता साहले प्रहरीले पाउने कमिसनको व्यवस्था हटाउनुपर्ने बताउनुभयो ।

कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाइ छ ।

नेता साहलाई स्थानीयले क्षेत्र नं १ बाट चुनाव लड्नसमेत आग्रह गरेका थिए । बाराका क्षेत्र १ को जनता विकासबाट वञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवा वर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताएका थिए ।