अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार

नेकपा एसमा पद बाँडफाँड, माधव नेपालका भाइ, भाञ्जा र नेताका पीए परेपछि अनेरास्ववियुका अध्यक्ष नै असन्तुष्ट

नेकपा एसमा पद बाँडफाँड, माधव नेपालका भाइ, भाञ्जा र नेताका पीए परेपछि अनेरास्ववियुका अध्यक्ष नै असन्तुष्ट


काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तारमा असन्तुष्टि बढेको छ ।

माधव नेपालले कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि पार्टीको केन्द्रीय सदस्य बनाएपछि असन्तुष्टि बढेको छ । भाइ सरोज वैकल्पिक केन्द्रीय सदस्य हुनुभएको छ । भाञ्जा नितेशलाई पनि केन्द्रीय परिषद् सदस्य बनाइएको छ ।

एमालेमा विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले प्रतिक्रिया दिनुभयो । नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित हुँदा अनेरास्ववियु अध्यक्ष पराजुली छुट्नुभएको छ ।

नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।