अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुरामका आर्थिक सल्लाहकारको टिप्पणी– ‘माओवादी सखाप नभएसम्म नेपालीको जीवन सुखी हुँदैन’

बाबुरामका आर्थिक सल्लाहकारको टिप्पणी– ‘माओवादी सखाप नभएसम्म नेपालीको जीवन सुखी हुँदैन’


काठमाडौं– पूर्व अर्थ सचिव रामेश्वर खनालले माओवादी पार्टी सखाप नभएसम्म नेपालीले दुःख पाइरहने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै खनालले माओवादीको नाटक लामो भएको उल्लेख गर्नुभएको छ । माओवादी पार्टी सखाप नभएसम्म नेपालीले सुख नपाउने खनालको दाबी छ । ‘प्रतिव्यक्ति एक वित्ता मात्र आम्दानी बढे पनि माओवादी सखाप हुन्थे । माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त । डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुनसक्छ,’ खनालको प्रतिट्विट छ ।

पूर्व माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाका आर्थिक सल्लाहकार खनालले बहस सुरु गर्दै ट्विट गर्नुभएको छ, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’