अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी कमिटी बैठक

३० लाख सदस्य बनाउने घोषणा गरेको माओवादीमा ३ लाखको पनि नवीकरण भएन, नवीकरण म्याद फेरि थपियो

३० लाख सदस्य बनाउने घोषणा गरेको माओवादीमा ३ लाखको पनि नवीकरण भएन, नवीकरण म्याद फेरि थपियो


काठमाडौं– ३० लाख सदस्य बनाउने घोषणा गरेको माओवादी केन्द्रमा ३ लाखको पनि नवीकरण नभएको रिपोर्ट केन्द्रीय कार्यालयमा आएको छ ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा नवीकरण ३ लाख पनि नपुगेको रिपोर्टिङ भएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नवीकरण म्याद थप भएको जानकारी दिनुभयो । बैठकले सदस्यता नवीकरण २५ गतेसम्म पु¥याएको छ ।

टोल अधिवेशन कात्तिक २७, वडा अधिवेशन मंसिर ४, पालिका अधिवेशन मंसिर ११ र प्रदेश सम्मेलन मंसिर २५ गते हुनेछ ।

माओवादी केन्द्रले १४९ सदस्यीय सल्लाहकार कमिटी र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लेखा, निर्वाचन र अनुशासन आयोगलाई २५–२५ सदस्यीय बनाइने भएको महराले बताउनुभयो ।

गैरभौगोलिक विशेष समिति बनाउने तथा पार्टी कार्यदलले ४५ साना दलसँग एकताका लागि गरेको छलफल अनुमोदन गरेको छ ।