अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र पौडेलको स्वीकारोक्ति, ‘एमाले कमजोर भएको छैन, कांग्रेस एक्लै लड्न सक्दैन’

रामचन्द्र पौडेलको स्वीकारोक्ति, ‘एमाले कमजोर भएको छैन, कांग्रेस एक्लै लड्न सक्दैन’


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूह चोइटिए पनि एमाले कमजोर नभएको बताउनुभएको छ ।

धादिङमा भएको कार्यक्रममा पौडेलले एमाले पार्टी नफुटेको समेत जिकिर गर्नुभएको छैन । ‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । सशक्त प्रतिस्पर्धा छ,’ शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने दाबी गर्दै पौडेलले भन्नुभएको छ, ‘त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिचीले एमालेसँग लड्न सकिँदैन ।’

कांग्रेसका सिनियर नेता पौडेललाई पराजित गर्ने किसान श्रेष्ठलाई नै देउवाले श्रम मन्त्री बनाएपछि आन्तरिक रडाको झन् चुलिएको छ ।