अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडा र पालिका अधिवेशन तयारी

एमाले स्थायी कमिटी बैठक बोलाइयो

एमाले स्थायी कमिटी बैठक बोलाइयो


काठमाडौं- वडा र पालिका अधिवेशनको तयारीबारे छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ।

बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।

स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ।

स्थायी कमिटी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनका विषयमा पनि आवश्यक छलफल हुने बताइएको छ ।