काठमाडौं– पूर्वअर्थसचिव रामेश्वर खनालले देशमा माओवादी सखाप नपारे नेपालीको जीवन सुखी नहुने टिप्पणी गरेपछि बौद्धिक वृत्तमा बहस सुरु भएको छ ।
तत्कालिन माओवादीबाट प्रधानमन्त्री हुनुभएका बाबुराम भट्टराईका आर्थिक सल्लाहकारसमेत रहनुभएका खनालको टिप्पणीबारे धेरै कोणबाट ब्याख्या र बहस हुन थालेको छ । पूर्वमाओवादी नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले पनि रामेश्वर खनालको टिप्पणीमा साथ दिनुभएको छ ।
‘रामेश्वर खनाल सरले भनेको सत्य हो। कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ र कहिले कांग्रेससँग मिलेर। स्वतन्त्र रुपमा माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो। आफैंले ३३ वर्ष नेतृत्व गरेको पार्टीको यो हालत हुँदा पनि दाहालले दोष भने अरुलाई दिन्छन् । जो झुक्दैन, त्यो टुट्छ र सकिन्छ,’ मुमारामको भनाइ छ ।
सामाजिक सञ्जाल ट्वीटरमा बहसको सुरूवात गर्दै खनालले माओवादीको नाटक लामो भएकाले अब सकिनुपर्ने बताउनुभएको थियो ।
यो पनि पढ्नुहोस्





प्रतिक्रिया