अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक आज, पाँच वटा एजेन्डा

एमाले स्थायी कमिटी बैठक आज, पाँच वटा एजेन्डा


काठमाडौं– विधान महाधिवेशनपछि पहिलोपटक आज स्थायी कमिटी बैठक बस्दैछ ।

बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। बैठकमा पार्टीका स्थानीय अधिवेशन, पालिका अधिवेशन लगायतका पाँच एजेन्डा छन् ।

तामाङका अनुसार विधान महाधिवेशन समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुने छ ।

स्थायी कमिटीको बैठकमा असोज १५ देखि १७ गतेसम्म आयोजना भएको पार्टीको विधान महाधिवेशनको समेत समीक्षा हुने कार्यतालिका रहेको छ। बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा गर्ने तयारी सुरु भएको छ ।