अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने

आज मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने


काठमाडौं- बिहीबार अपराह्न वाग्मती प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

वाग्मती प्रदेशसभा बैठक बिहीबार अपराह्न ४ बजेका लागि बोलाइएको छ। गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेस गर्नुभएको थियो ।

त्यसअघि वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बिहीबार बिहान गठबन्धनको बैठक बोलाइएको छ।

बिहान बस्ने बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउने बताइएको छ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेका छन्। वाग्मती प्रदेशमा एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने दलहरुबीच सहमति भएको छ।