काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभागलाई पूर्णता दिँदै विभागका प्रमुखहरू तोकेको छ। स्थायी कमिटीको बिहीबार बसेको बैठकले बढीमा ३५ सदस्य रहने गरी विभागहरू गठन गरेको हो। प्रवक्ता कृष्णबहादुर महराका अनुसार विभागबाहेक एउटा नीति अध्ययन प्रतिष्ठान गठन भएको छ। त्यसको प्रमुख रामचन्द्र झा छन् भने स्कुल विभागको इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैँ हुनुहुन्छ ।
१. अर्थ तथा योजना विभाग- वर्षमान पुन
२. संगठन विभाग- जनार्दन शर्मा
३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ
४. प्रचार तथा प्रकाश विभाग- कृष्णबहादुर महरा
५. विपद व्यवस्थापन विभाग- सूर्य सुवेदी
६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री
७. कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल
८. उपभोक्ता हित संरक्षण विभाग- मात्रिका यादव
९. कोष तथा आर्थिक विभाग- डोरप्रसाद उपाध्याय
१०. खानेपानी विभाग- विना मगर
११. जलस्रोत तथा ऊर्जा- लिलामणी पोखरेल
१२. निर्वाचन विभाग- खिमलाल देवकोटा
१३. कानून विभाग- मुक्ति प्रधान
१४. पर्यटन विभाग- झक्कुप्रसाद सुवेदी
१५. प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ
१६. पार्टी स्कुल विभाग- गिरिराजमणी पोखरेल
१७. पुस्तकालय तथा अभिलेख- नारायणप्रसाद शर्मा
१८. भौतिक पूर्वाधार विभाग- हरि अधिकारी
१९. युवा तथा खेलकुद विभाग- गणेशमान पुन
२०. राजकीय मामिला विभाग- रेखा शर्मा
२१. राष्ट्रिय सुरक्षा विभाग- कृष्णबहादुर महरा
२२. वन तथा वातावरण- शक्ति बस्नेत
२३. विज्ञान तथा प्रविधि विभाग- गणेश शाह
२४. शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा
२५. श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव
२६. संघीय संसदीय विभाग- देव गुरुङ
२७. समाज कल्याण विभाग- सत्या पहाडी
२८. सहकारी तथा गरिवी विभाग- धर्मदत्त देवकोटा
२९. शहरी विकास विभाग- देवेन्द्र पौडेल
३०. सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत
३१. साहित्य तथा कला विभाग- गोपाल ठाकुर
३२. स्थानीय तह विभाग- उर्मिला अर्याल
३३. स्वास्थ्य तथा जनसंख्या विभाग-कल्पना धमला
३४. नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा





प्रतिक्रिया