काठमाडौं– विवादित प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा फेरि विवादमा परेका छन् ।
सत्तारुढ गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ प्रधान न्यायाधीश राणसँग एक्लै भेटेको सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधान न्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।
प्रधान न्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।





प्रतिक्रिया