अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले एकैपटक २ लाख ५० हजार कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्ने

अध्यक्ष ओलीले एकैपटक २ लाख ५० हजार कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्ने


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक करिब अढाइ लाख कार्यकर्तालाई सम्बोधन गर्नुहुने भएको छ ।

कात्तिक ६ गते वडा अधिवेशनको दिन जुम मार्फत देशैभरीका सबै वडा अधिवेशनहरुलाई ओलीले सम्बोधन गर्ने हुनु भएको हो । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एउटा वडामा कम्तीमा पाँच जनालाई जुम ठेगाना पठाइनेछ ।

‘वडा अधिवेशनमा भेला भएका कार्यकर्ता र आम सर्वसधारणले देख्ने सुन्ने गरी स्क्रिनको प्रबन्ध गर्न सबैलाई भनिएको छ,’ तामाङले भन्नुभयो, ‘६ हजार ७ सय ४३ वडा मध्ये कम्तीमा एउटा वडामा ४÷५ सय मान्छे सहभागी हुँदा हाम्रो आमसभामा अढाइ लाख जना भन्दा धेरै मानिसहरु हुनेछन् ।’

प्रत्येक वडामा कम्तिमा ३७ जना सहभागी भए पनि करिव अढाइ लाख कार्यकर्ता पुग्छन् ।

एमालेले कात्तिक ६ गते वडा अधिवेशन र ९ गते देशैभरी पालिका अधिवेशन गर्दैछ ।