काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’मा मौनता देखाउनुभएको छ ।
धनगढीमा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो धारणा राख्नुभएन । बरु यति भन्नुभयो, ‘हाम्रो गठबन्धन छ, त्यसले के भन्छ ।’
देउवाले प्रदेश ७ को सरकार परिवर्तनबारे पनि काठमाडौं फर्केपछि गठबन्धनमा सल्लाह गर्ने बताउनुभयो ।
एमसीसी पारित हुने दाबी गर्दै उहाँले एमसीसीबारे झुटा प्रचार गरिएको जिकिर गर्नुभयो । ‘एडीबीलगायतका दातृ निकायमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ,’ उहाँको भनाइ थियो, ‘एमसीसीले त नेपालको कानून मान्छु भनेको छ, सित्तैमा दिँदा पनि नलिने भन्छन् यहाँ ।’
एमसीसीमा संशोधन गर्नुपर्ने कुनै विषय नभएको देउवाको भनाइ छ ।





प्रतिक्रिया