अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज देशैभर एमालेको वडा अधिवेशन, एक साथ अध्यक्ष ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने

आज देशैभर एमालेको वडा अधिवेशन, एक साथ अध्यक्ष ओलीले ‘भर्चुअल’ सम्बोधन गर्ने


काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आव देशैभर एमालेको वडा अधिवेशन हुँदैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढी, पहिरो, डुबान र प्राविधिक समस्या देखिएका केही ठाउँ बाहेक देशैभर वडा अधिवेशन हुनेछ । अधिवेशन अगाडि अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल सम्बोधन गर्दै हुनुहुन्छ । नेट सुविधा भएका वडाहरूको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

‘वडा अधिवेशनको भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ,’ तामाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यस कार्यको लागि लिंक ५ गते नै पठाइएको छ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदि सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ ।’

वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने एमालेले निर्णय गरेको छ । पार्टीले नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउन पनि भनेको छ ।

९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ ।