अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले महाधिवेशन

एमाले अध्यक्ष ओलीद्वारा देशभरका ६७४३ वडाको अधिवेशन उदघाटन

एमाले अध्यक्ष ओलीद्वारा देशभरका ६७४३ वडाको अधिवेशन उदघाटन


काठमाडौं– नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत आज देशैभर एमालेको वडा अधिवेशन सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका ६७४३ वडाको अधिवेशन उदघाटन गर्नुभएको छ । उहाँले अधिवेशन उच्चस्तरीय समझदारीका रुपमा, सर्वसम्मतरुपमा सफलतापूर्वक सम्पन्न हुने विश्वास गर्नुभएको छ । ‘दुनियाँका सामु नै अनुकरणीय रहोस्,’ उहाँको भनाइ छ ।

वडा तथा पालिकाको अधिवेशनको संख्या निर्धारण गर्दा संविधान जारी भएपछि र राज्य पुनर्संरचना भएपछि अधिवेशन आयोजना गरिएको हुनाले यी अधिवेशनहरूलाई प्रथम अधिवेशन मानेर गर्ने एमालेले निर्णय गरेको छ । पार्टीले नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभएमात्र निर्वाचन विधि अपनाउन पनि भनेको छ ।

९ कात्तिकमा पालिका अधिवेशन हुँदै छ ।