काठमाडौं – नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा १२ को अध्यक्षमा शंकर भट्टराई चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले भट्टराईलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
त्यस्तै अधिवेशनले उपाध्यक्षमा राजु पुडासैनी, सचिवमा विष्णु भट्टराई, उपसचिवमा खडानन्द लुइँटेल र मीना बयलकोटीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा बिनोद पाठक, भगत बराइली, राममणि आचार्य, राजन ढकाल, भरत गुरागाई, पम्फा श्रेष्ठ, इन्द्रप्रसाद न्यौपाने, भरत भट्टराई, पिताम्बर गुरुङ, डिल्लीप्रसाद खतिवडा चयन हुनुभएको छ ।
यस्तै चयन भएका अन्य सदस्यमा राकेश श्रेष्ठ, द्वारिका कोइराला, अस्मिता ढकाल, बिनोद सापकोटा, विश्वराज सिग्देल, विन्देश्वर शाह, भवानी न्यौपाने, सम्झना भण्डारी, भरत भण्डारी, प्रमिला खतिवडा, पुरुषोत्तम सापकोटा, अनोज कुईंकेल, रामप्रसाद घिमिरे, पार्वती अधिकारी, ज्ञानबहादुर नगरकोटी र रबिन्द्र भट्टराई चयन हुनुभएको छ ।
एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा काठमाडौं जिल्ला कमिटी सदस्य तथा काठमाडौ क्षेत्र-४ का सहसंयोजक लक्ष्मी संग्रौला, केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य केदारराज पुडासैनी, पदेस कमिटी सदस्यहरु उद्दव खरेल, संगम गहतराज र मिठाराम अधिकारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया