अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना !

परराष्ट्रमन्त्रीलाई शिवमायाको जवाफ– ‘नत्र महंगो पर्ला’

परराष्ट्रमन्त्रीलाई शिवमायाको जवाफ– ‘नत्र महंगो पर्ला’


काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनाइको पूर्वमन्त्री एवं एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफेले प्रतिवाद गर्नुभएको छ ।

भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट नभएको डा. तुम्बाहाङफेको भनाइ छ । ‘परराष्ट्र मन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनिरहँदा सो स्थानलाई सविधानले सम्बोधन गरेको कुरालाई बिर्सनुभयो ? किन सबै नेपाली जनताको साथ पाएको विषयमाथि कुठाराघात गर्ने आत्मघाती निर्णयमा गठबन्धन सरकार ?,’ उहाँको भनाइ छ, ‘भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट छैन सरकारलाई। तुरून्त जनगणना गर्ने व्यवस्था मिलाउ सरकार । नत्र यसको मूल्य महँगो पर्ला है ।’

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले भन्नुभएको थियो, ‘जनगणना गर्न उसलाई सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।’