अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहजिल्लामा अध्यक्ष ओली

तीन शीर्ष नेतासहित अध्यक्ष ओली तीन दिन झापा-मोरङमा

तीन शीर्ष नेतासहित अध्यक्ष ओली तीन दिन झापा-मोरङमा


झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि पार्टी तीनजना शीर्ष नेतालाई लिएर लागि गृह जिल्ला आउदै हुनुहुन्छ  । अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेहुनेछ ।

नेकपा एमाले झापाका अनुसार ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा आउँदै हुनुहुन्छ । सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन् ।

यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्नुुहुनेछ । त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनुहुनेछ । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ पनि अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।

यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । भोलि साँझ ओलीको  विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।