अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावबारे अध्यक्ष ओलीको पूर्वानुमान– ‘प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल समानुपातिकमा बस्छन्’

आगामी चुनावबारे अध्यक्ष ओलीको पूर्वानुमान– ‘प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल समानुपातिकमा बस्छन्’


झापा– सरकारका वरिष्ठ मन्त्रीहरुले नै ‘अर्ली इलेक्सन’को तयारीबारे मुख खोलिरहेकाबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको सम्भावित परिणामबारे पूर्वानुमान गर्नुभएको छ ।

झापाको विर्तामोडमा आइतबार तीन हजारभन्दा बढीलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्भावित चुनावी परिणामबारे बोल्नुभएको हो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव नजित्ने ठोकुवा गर्नुभयो । उहाँको भनाइ थियो, ‘प्रचण्डले चुनाव जित्दैनन्, माधव नेपाल समानुपातिकमा बस्छन् ।’ अध्यक्ष ओलीले माधव नेपालको नामै लिएर ‘गद्दारहरुले विरोधीसँग लागेर एमालेलाई दुःख दिएको’ बताउनुभयो । उहाँले दोहोर्‍याउनुभयो, ‘माधव नेपाल जस्ता अपराधीलाई एमालेले लिदैन ।’

सबै लाग्दा आफू नेतृत्वको सरकार तीन वर्षमा मात्रै ढालेको स्मरण गर्दै उहाँले अहिलेको सरकार तीन महिनममा नै ढलपल–ढलपल अवस्थामा रहेको टिप्पणी गर्नुभो ।

एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकैदिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो । ‘अरु कुनै पार्टीले यस्तो गर्न सक्दैन, यो सामर्थ्य अरुसँग छैन,’ उहाँको भनाइ थियो, ‘एमाले विचारमा मात्र होइन, लोकतान्त्रिक आचमरणमा पनि अगाडि छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी एमाले ‘नेपालव्यापी मात्र होइन। नेपाली व्यापी समेत रहेको’ बताउनुभयो ।

एमालेका नवप्रवेशीलाई ढाडस दिंदै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले प्रवेश गरेकोमा कुनै दिन पनि पछुतो मान्नुपर्दैन ।’