अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीको गौरीगंगामा एमालेले उद्‍घाटन गरेको कार्यालयमा नेकपा एसको दाबी

कैलालीको गौरीगंगामा एमालेले उद्‍घाटन गरेको कार्यालयमा नेकपा एसको दाबी


कैलाली- आज बिहान मात्र उद्‍घाटन गरिएको गौरीगंगा नगरपालिकाको एमाले पार्टी कार्यालयमा नेकपा एसले समेत दाबी गर्दा अहिले झडपको स्थिति सृजना भएको छ ।

एमाले केन्द्रीय सदस्य एवं कैलाली सहइन्चार्ज लिला भण्डारीले बिहान उदघाटन गरेको कार्यालयमा दिउँसो एसका कार्यकर्ता आएर तालाबन्दी गरेका छन् । मदन आश्रित भवनको नामले चिनिने दुईतले भवन पहिल्यै देखि एमालेले नगर पार्टी कार्यलयको रुपमा उपयोग गरिरहको थियो । तर नेकपा बनेपछि यो भवन प्रयोगविहीन भयो ।

‘आज त्यो प्रयोगविहीन भवनलाई हाम्रा कमरेडहरुले तीन घण्टा लगाएर सफा गर्नुभयो र मैले बिहान रिवन काटेर उदघाटन गरेकी हुँ,’ भण्डारीले भन्नुभयो, ‘केहीबेर पछि माधव नेपालका कार्यकर्ता आएर चाबी लगाएका छन् । उनीहरुलाई माओवादीले पनि साथ दिएका छन् ।’

अहिले दुवै पक्ष बीच झडपको स्थिति छ । तर सिडिओले यसमा गम्भीरता नदेखाएको भण्डारीको भनाइ छ । ‘केही सशस्त्र प्रहरी पठाएको छ । प्रशासनले उनीहरुलाई नै सहयोग पुग्ने गरी भूमिका निर्वाह गरिरहेको छ ।’