दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगर अध्यक्ष सर्वसम्मत चयन हुनुभएको छ ।
नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट गेहनाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो । मंगलबार भएको अधिवेशनले अध्यक्षमा पोखरेलसहित उपाध्यक्षमा मेदनी खरेल, सचिवमा ईन्द्र गुरुङ सर्वसम्मत चयन हुनुभयो ।
दुई जनाको उपसचिव पदमा सन्तोष दुलाल, सिता कार्की, उर्मिला पाण्डे र यमुना गौतमले मनोनय दर्ता गराउनुभएको छ ।
विधानबमोजिम गाउँरनगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।







प्रतिक्रिया