अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन, ललितपुर महानगर अध्यक्षमा शाक्य

एमाले काठमाडौं महानगर अध्यक्षमा देउला चयन, ललितपुर महानगर अध्यक्षमा शाक्य


काठमाडौं- नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन हुनुभएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार उद्घाटन गरेको काठमाडौं महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । काठमाडौं महानगरको कमिटी १०१ सदस्सीय छ ।

एमाले ललितपुर महानगर अध्यक्षमा शाक्य

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन हुनुभएको छ ।

गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष हुनुभएको छ । बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष हुनुभएको छ ।