ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन हुनुभएको छ ।
गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष हुनुभयो । बागमतीमा नवराज सञ्जेल, महांकालमा पुरुषोत्तम हुमागाईं र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष हुनुभएको छ ।
प्रतिक्रिया