काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक बस्दैछ । एमालेले शुक्रबार केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।
बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा तथा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यकालिकामाथि छलफल हुने तामाङले जानकारी दिनुभयो ।
पाँच दिनअघि बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो । बैठकले समितिको सहसंयोजकमा सुरेन्द्र पाण्डे, सचिवमा विष्णु रिमाल रहने निर्णय भएको थियो ।
सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनेछन् ।
प्रतिक्रिया