अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि निश्चित, ३३ प्रतिशत महिला सुनिश्चित

एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि निश्चित, ३३ प्रतिशत महिला सुनिश्चित


काठमाडौं– नेकपा (एमाले)को १० औं महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने भएका छन् ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले देशभर ७ लाख २१ हजार जना पार्टी सदस्यबाट १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यसमध्ये भूगोलबाट १ हजार १ सय ९६ जना रहनेछन् ।

प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ३ जना महिला आउने र त्यो ३३ प्रतिशत हुने उहाँले बताउनुभयो । ४९ प्रतिशत खुला प्रतिनिधि हुने र ५१ प्रतिशत समावेशी प्रतिनिधि हुने ज्ञवालीले जानकारी दिनुभयो ।

स्थायी कमिटीको निर्णयलाई भोलिको केन्द्रीय कमिटीमा लगेर अनुमोदन गरिने छ ।