काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा देखिएको संकटप्रति कडा आपत्ति जनाएको छ ।
स्थायी कमिटीको बिहीबार साँझ बसेको बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले संवाददाताहरुसित न्यायालयमा भएको विखण्डनको विरोधमात्रै गर्नुभएन, कडा आपत्ति जनाउनुभयो । उहाँले लोकतन्त्रको संरक्षक न्यालयमा देखिएको गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण रहेको बताउँदै आफूहरु दुखित भएको बताउनुभयो ।
न्यायलयको समस्या न्यायालय सुधारसँग सम्बन्धित नभएको ज्ञवालीले जिकिर गर्नुभयो ।
न्यायाधीशबीचको गुटबन्दीको असर सर्वसाधारणलाई परेको बताउँदै ज्ञवालीले संकटकालका बेलासमेत रोक्न नमिल्ने बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि प्रभावित भएको उल्लेख गर्नुभयो ।
स्वार्थकेन्द्रित विवादमा एमाले प्रवेश नगर्ने ज्ञवालीले बताउनुभयो ।





प्रतिक्रिया