अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा युथ फोर्सको शक्ति प्रदर्शन (भिडियोसहित)

सिरहामा युथ फोर्सको शक्ति प्रदर्शन (भिडियोसहित)


सिराहा -कुनै बेला एमालेलाई मधेस बिरोधी पार्टी भन्नेहरु यतिबेला मधेसमा एमालेको ¥यालीमा भेटिन्छन् । २०७२ को संविधान जारी भएसँगै एमालेलाई मधेस विरोधी पार्टीको उपमा दिइएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भन्दा पहिले देखि नै नाकाबन्दी भएको भए पनि ओलीलाई नाकाबन्दीको कारकको रुपमा मधेसमा चिनाउने भगिरथ प्रयास भयो । तत्कालिन समयमा केही हदसम्म यसमा सफलता पनि मिल्यो मधेसी पार्टीहरुलाई ।
तर भ्रमको पर्दा लामो समय रहेन । ओलीले पहिलो पटक प्रधानमन्त्री भएकै बखत सदरमुकाम जोड्ने मधेसका सबै जिल्लाका सकड चार लेनका बनाउने,फुसका घर भएका छाना हटाउने,जनता आवास मार्फत घर नभएकाहरुलाई घर उपलब्ध गराउने कार्यक्रम ल्याएपछि बिस्तारै मधेसमा केपी ओलीप्रतिको धारणा बदलियो ।
माओवादी र मधेसवादीले ओली र एमालेप्रति मधेसी जनतामा नकारात्मक भाव फैलाउन हरसम्भव प्रयत्न गरे । २०७४ सालको स्थानीय चुनावसम्म आइपुग्दा यो प्रयासले केही सार्थकता पायो । तर प्रदेश र संघको चुनाव आएपछि यो भ्रम ओरालो लाग्यो । र,एमालेप्रति आम जनताको अपार समर्थन बढ्दै जान थाल्यो ।
हिजोआज मधेसमा एमाले पार्टी वा जनवर्गीय संगठनका नाममा हुने जुनसुकै कार्यक्रममा पनि हजारौं मानिसहरु मोटरसाइकल लिएर निस्कन्छन् र आफ्नो समर्थन एमालेमा भएको प्रमाण दिन्छन् । यस्तै दृष्य देखियो हिजो सिराहामा पनि ।
युवा संघले नेपालले आयोजना गरेको एक कार्यक्रममा हजारौं मोटरसाइकलहरु ¥यालीको रुपमा निस्किए । पूर्व निर्धारित कुनै कार्यक्रम नभए पनि मधेसमा चर्चित गीत ‘धोती कुर्ता सान बा
केपी ओली जान बा’ बोलको गीत घन्काउदै सिराहाका एमाले कार्यकर्ताहरुले युवा संघका कार्यकर्तालाई गाउँगाउँ घुमाए । ंयुवा संघ सिराहाका इन्चार्ज वैद्यनाथ साहका अनुसार कमला पुल,मिर्चैया,चोहर्वा,गोलबजार,भोटिया टोल,सहिद टोल लगायतका ठाउँहरुमा करिब ४ हजार मोटरसाइकलले परिक्रमा गरेका छन् । ¥याली गाउँगाउँसम्म पुगेपछि धेरैले यसलाई चुनावी झल्कोको रुपमा लिएका छन् । युवा संघ सिराहाका अध्यक्ष इन्द्रेस राउतका अनुसार मधेसमा एमाले विरुद्धको भ्रमको पर्दा च्यातिएको छ । ‘एमाले नै मधेसलाई आकर्षण गर्ने र मधेसीका मुद्धा समाधान गर्ने पार्टी रहेछ भन्ने कुरा केपी ओली प्रधानमन्त्री भएका बखत जनताले बुझे’ राउतले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘यहाँ केपी ओलीका कार्यकर्ता मात्र होइन फ्यान पनि छन् । त्यसैले एमालेले आयोजना गरेको जुनसुकै कार्यक्रममा ति फ्यानहरु स्वत आइपुग्छन् ।’
युवा संघ नेपालका महासचिव रमेश आचार्यका अनुसार युवा संघले आयोजना गरेको मधेसको कार्यक्रममा यति धेरै मानिसहरु जुटेको यो नै पहिलो पटक हो । ‘यो जनमास देखेर आगामी चुनावका लागि मधेसमा एमालेको लहर कस्तो आउछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ’ आचार्यले भन्नुभयो ।