अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाको घोषणा, गठबन्धन चुनावसम्म नहुने दाबी

सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाको घोषणा, गठबन्धन चुनावसम्म नहुने दाबी


विराटनगर- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताउनुभयो ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले सबैको इच्छा भएको उत्तर दिनुभयो । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनुभएको छ । म महिला भएकाले सबैले सहयोग गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु’, उहाँले भन्नुभयो, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समयअघि विराटनगरमा आएका डा।शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताउनुभएको थियो । महामन्त्रीसमेत रहनुभएका शशांक कोइरालाले पनि सभापति उठ्ने बताउँदै आउनुभएको छ ।

न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनुपर्ने उहाँको तर्क छ । कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उहाँको भनाइ थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गर्नुभयो।