अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली इच्छाकामनामा, बृद्धबृद्धाद्वारा स्वागत

अध्यक्ष ओली इच्छाकामनामा, बृद्धबृद्धाद्वारा स्वागत


चितवन- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १२ बजे चितवनको इच्छाकामना गाउँपालिका आउनुभएको छ ।

स्थलमार्गबाट आउनुभएका अध्यक्ष ओलीलाई नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गतको इच्छाकामनामा बृद्धबृद्धाहरुले स्वागत गर्नुभयो । उहाँले दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम समेत रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।

सोमबार दिउँसो साढे तीन बजे भरतपुर- १० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १० औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय गरिएको छ । उहाँले महाधिवेशनको बन्दसत्र हुने स्थान सौराहामा सोमबार साँझ अवलोकन गर्ने कार्यक्रम छ ।

मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानिजहाज)को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको रावलले जानकारी दिनुभयो ।