अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालत परिसरमा बुधबार पनि प्रदर्शन, ५ दिने अल्टिमेटम सकियो

सर्वोच्च अदालत परिसरमा बुधबार पनि प्रदर्शन, ५ दिने अल्टिमेटम सकियो


काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर पहिलो चरणको अन्तिम दिन सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका उनीहरुले पहिलो चरण अन्तर्गत अन्तिम दिनको कार्यक्रम बुधबार पनि जारी राखेका हुन् ।

बारले प्रधान्यायाधीशलाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटम बुधबार सकिन लागेको हो । प्रधानन्यायाधीले राजीनामा दिने भन्दा पनि सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि बढाएका छन् ।