काठमाडौं – एमाले सचिव योगेश भट्टराईले माधवकुमार नेपालको पार्टी अवैध गर्भधारणबाट जन्मिएकोले एमालेले नचिन्ने र निमन्त्रणा पाउन अयोग्य रहेको महाधिवेशन प्रचार विभागको पहिलो पत्रकार सम्मेलनमा बताउनुभएपछि यतिखेर सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया दिन थालेपछि उहाँले कडा जवाफ दिनुभएको छ । भट्टराईको भनाइमा व्यापक प्रतिक्रियाहरू आएपछि उहाँले ट्वीटर मार्फत थप कडा प्रतिक्रिया दिनुभएको हो ।
‘घुँडामुनी हानेको त टाउको मै लागेछ कि के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !,’ भट्टराईले भन्नुभएको छ ।





प्रतिक्रिया