अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दासढुंगामा मदन आश्रितसँग तस्वीर खिच्दै एमाले महाधिवेशन चितवन तिर (तस्वीरहरू)

दासढुंगामा मदन आश्रितसँग तस्वीर खिच्दै एमाले महाधिवेशन चितवन तिर (तस्वीरहरू)


चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन जाने क्रममा दासढुंगामा फोटो खिच्नेहरूको भिड लागेको छ ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको जीप दुर्घटनामा दासढुंगामा निधन भएको थियो । उक्त स्थानमा निर्माण गरिएको नेताद्वयको शालिकमा सामूहिक तस्वीर, सेल्फी खिच्नेहरूको बिहानदेखि भिड लागेको छ ।

मुग्लिन-नारायणघाट सडक प्रयोग गरेर एमाले महाधिवेशन चितवन जाने एमालेका हरेक गाडिहरू शालिक अगाडि रोकेर आफ्ना प्रिय नेताहरूलाई फूलमाला र खादा लगाइ दिने तथा लगाउदै लाल सलाम गरेर फोटो खिचाउने क्रम जारी छ ।

महाधिवेशनमा जाने कतिपय वृद्धावृद्धहरूले ती शालिक कसको हो भनेर पनि सोधेका थिए । उनीहरूलाई मदन भण्डारी र जीवराज आश्रितको भनेर चिनाएको थियो । जब चिनाएपछि वृद्धावृद्धहरूले पनि श्रद्धापूर्वक तस्वीरहरू खिचाएका थिए ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.