अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध चयन

एमाले महाधिवेशन : प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध चयन


चितवन – नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रिय सदस्यमा निर्विरोध हुनुभएको छ ।

केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रिय कमिटीमा विजयी हुने भएका हुन् । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका हुन् ।

प्रदेश–२ बाट  पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन् ।

यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।