अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा स्वयंसेवक र कलाकारलाई भेटेरै धन्यवाद, आज दिउँसो काठमाडौं फर्कने

अध्यक्ष ओलीद्वारा स्वयंसेवक र कलाकारलाई भेटेरै धन्यवाद, आज दिउँसो काठमाडौं फर्कने


चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि महाधिवशेन स्थल सौराहामै हुनुहुन्छ ।

अध्यक्ष ओलीको नवलपुरको धौवादीस्थित फलाम खानी निरीक्षणमा जान लाग्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सडक अवरुद्ध भएका कारण जान सक्नु भएन ।

नवलपुर जाने कार्यक्रम स्थगित भएपछि अध्यक्ष ओली महाधिवेशन सफल पार्न सहयोग गरेका स्वयं सेवक, महाधिवेशनको स्थलको वालमा चित्र बनाउने कलाकारहरु र स्थानीय कलेजका विद्यार्थीहरुसँग भेटघाट गरिरहनु भएको छ । एमाले चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावलका अनुसार बिहानैदेखि अध्यक्ष ओली महाधिवेशन सफल पार्न सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्ने र स्थानीयहरुसँग पनि अन्तरक्रिया गरिरहनु भएको छ ।

आजै दिउँसो ३.१५ बजेको जहाजबाट अध्यक्ष ओली काठमाडौंं फर्कदै हुनुहुन्छ ।