अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ

कोरोना बढेपछि सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेश गर्ने सबै पास खारेज


काठमाडौं – कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो।

मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जनाएको छ ।

कुनै पनि निकायले अब नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नु परेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ।

त्यस्तै सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पहिलेकै पास-परिचयपत्रबाट प्रवेश दिइनेछ।

पत्रकारहरूको हकमा भने सूचना विभागको परिचयपत्रको आधारमा मात्रै प्रवेश गराउने मन्त्रालयले जनाएको छ।