रौतहट-नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव नेपालको उम्मेदवारीविरुद्ध रौतहट निर्वाचन कार्यालयमा उजुरी परेको छ। उम्मेदवारी खारेजीको माग गर्दै बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो ।
क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताउनुभयाे।
पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा उल्लेख छ।
उजुरीमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनु भएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ ।’



प्रतिक्रिया