काठमाडौं – प्रहरी वरिष्ठ उपरीक्षक बिष्णुकुमार केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी केसीलाई प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।
यसअघिका प्रवक्ता वशन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएपछि केसीले प्रवक्ताको जिम्मा पाउनुभएको हो ।
प्रतिक्रिया