अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ नयाँ आदेश जारी (सूचनासहित)

काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ नयाँ आदेश जारी (सूचनासहित)

काठमाडौं उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक


काठमाडौं – काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन् ।

‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौं जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ । उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ। मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ।

भौतिक रूपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लागू गरिएको छ।

यसैबीच सरकारले लकडाउन नगर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले लकडाउनको पक्षमा सरकार नरहेको स्पष्ट पारेको छ। संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव रोशन पोखरेलले यस्तो बताउनुभएको हो । ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको विरुद्धमा छ,’ उहाँले भन्नुभयो ।