अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश १ का अध्यक्ष : संविधानसभा सदस्य देखि गाउँपालिका अध्यक्षसम्म

एमाले प्रदेश १ का अध्यक्ष : संविधानसभा सदस्य देखि गाउँपालिका अध्यक्षसम्म


विराटनगर- माओवादीसँगको एकता भंग भएपछि पहिलो पटक भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा अनुभवी देखि नयाँ नेताहरुले जिल्लाको कमाण्ड सम्हाल्ने भएका छन् । प्रदेश नं. १ का सबै १४ वटै जिल्लाहरूमा नेतृत्व टुंगिसकेको छ ।

निकट भविष्यमा हुन लागेका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेले पाहिलो पार्टी बनाउने लक्ष्यका साथ जिल्लाको कमाण्ड सम्हाल्ने नेताहरू कोही संविधानसभाका सदस्य छन् भने कोही प्रदेश सभाका सदस्य छन् । अध्यक्ष कपेी शर्मा ओलीको गृह जिल्ला झापाका अध्यक्ष दिपक कार्की २०६४ एमाले कमजोर भएका बेला झापाबाट सूर्य चिन्हलाई जिताउने एक मात्र नेता हुनुहुन्छ । उहाँले २०७० सालको निर्वाचनमा पनि संविधानसभा सदस्यको निर्वाचन जित्नु भएको थियो ।

 यस्तै इलामका महेश बस्नेत इलाम नगरपालिकाको प्रमुख हुनुहुन्छ । एमालेका पुराना नेता बस्नेतलाई पार्टीको शाखलाई कसरी निरन्तरता दिने भन्ने चुनौती छ । यस्तै पाँचथरका राजकुमार भण्डारी पार्टी उपसचिव हुँदै कार्यवाहक अध्यक्ष  भएर अहिले दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व सम्हालिसकेका नेता हुनुहुन्छ ।

ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबे २०७० को संविधानसभा सदस्य हुनुहुन्छ । अनुभवी नेता थेबेले प्रदेश साँसद बलबहादुर साम्सोहाङलाई निर्वाचनमा पराजित गर्नुभएको हो । एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला भएकोले अघिल्लो निर्वाचनको शाख राख्न थेबेले समन्वयात्मक ढंगले पार्टी सञ्चालन गर्नु आवश्यक देखिएको छ ।

यता मोरङका अध्यक्ष ऋषी पोखरेल नेकपाकालमा पनि अध्यक्ष हुनुहुन्थ्यो । २०७० सालमा संविधानसभा सदस्य पोखरेल निर्विरोध निर्वाचित हुनुभएको हो । यता सुनसरीका अध्यक्ष रेवती भण्डारी अधिवक्ता हुनुहुन्छ । २०७० को संविधानसभा सदस्य भण्डारी १ नं. प्रदेशमा एमालेमा धेरै विवाद भएको जिल्ला सुनसरीका अध्यक्ष हुनुभएको छ । पार्टीका विभिन्न समुहलाई मिलाएर निर्वाचनमा एमालेलाई १ नम्बर बनाउन भण्डारीले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुली युवा संघको पृष्ठभूमीबाट पार्टी राजनीतिमा आउनुभएको हो । पूर्व अध्यक्ष राजेन्द्र राईको नेतृत्वमा अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले गरेको ‘क्लिन स्विप’ लाई निरन्तरता दिनु पराजुलीको मूख्य चुनौती हो । सर्वसम्मत अध्यक्ष भए पनि पार्टी भित्रका विभिन्न उपसमुहलाई पराजुलीले कसरी सम्बोधन गर्नुहुन्छ उहाँको सफलता त्यसमा निर्भर हुने जिल्ला नेताहरु बताउछन् ।

तेह्रथुमका अध्यक्ष तेजमान कन्दङवा पार्टी अध्यक्ष केपी शर्मा ओलीका गाउँले हुनुहुन्छ । आठराई क्षेत्रले जिल्लाको नेतृत्व पहिलो पटक पाएकोले त्यसको गरिमा बचाउन कन्दङवाले सदरमुकाममा लामो समय देखि शक्तिमा रहेका आफ्नै पार्टीका नेताहरुसँग समन्वय गरेर अघि बढ्नु पर्ने देखिन्छ । कन्दङवा प्रदेश साँसद पनि हुनुहुन्छ । संखुवासभाका जीतबहादुर घिमिरे पूर्व जनप्रतिनिधी हुनुहुन्छ । २०५४ सालमा खाँदबारी नगरपालिकाको उपमेयर हुन भएका घिमिरे २०७७ पुष ५ पछि एमालेको अध्यक्ष हुनुभएको थियो। पार्टी संकटमा परेका बेला नेतृत्व सम्हाल्नु भएका घिमिरेलाई अहिले पनि निरन्तरता दिएको हो ।

 भोजपुरका शरण राई पहिला पार्टी सचिव हुनुहुन्थ्यो । पुष ५ पछाडी पार्टीको समानान्तर कमिटीको अध्यक्ष भएका ४५ बर्षीय राई अहिले सर्वसम्मत अध्यक्ष चुनिनु भएको छ । उदयपुरका परमेश्वर घिमिरे विद्यार्थी राजनीतिबाट पार्टीको मुलधारमा आउनु भएको हो । २०६० सालबाट नै घिमिरे जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । जिल्ला कमिटीको सचिव हुँदै ४५ वर्षीय घिमिरे अध्यक्ष हुनु भएको छ ।

खोटाङका अध्यक्ष रामप्रसाद दंगाल पनि विद्यार्थी राजनीतिबाट पार्टीको मुलधारमा आउनु भएको हो । यस अघि उपाध्यक्ष रहनु भएका दंगाल २०५४ सालमा गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो । सोलुखुम्बुका डुफ कुमार बास्तोला नेचा सल्यान गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । पार्टीको कार्यबाहक अध्यक्ष रहेका बास्तोला अहिले निर्विरोध अध्यक्ष हुनुभएको छ । काँग्रेस र माओवादीको पकड भएको सोलुखुम्बूमा एमालेको पकड बढाउने चुनौती बास्तोलालाई छ । ओखलढुंगाका शंकर कटुवाल यसअघि सचिव हुनुहुन्थ्यो । एमालेको सरकारका पालामा सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष हुनु भएका कटुवाल २०५४ सालको स्थानीय तहको निर्वाचनमा ठूलाछाप गाविसको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।