काठमाडौँ -रुसको कामचट्का प्रायद्वीप नजिकै ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार यो जानकारी दिएको हो।
भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ । रुसको सुदूर पूर्वमा कामचट्स्कीबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो ।
भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ।






प्रतिक्रिया