अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका नेता श्रेष्ठ ७ हजार लिटर नक्कली महसहित काठमाडौंबाट पक्राउ

नेकपा एसका नेता श्रेष्ठ ७ हजार लिटर नक्कली महसहित काठमाडौंबाट पक्राउ


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीको सिन्धुपाल्चोक काठमाडौँ-सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठ नक्कली महसहित पक्राउ परेका छन् ।

विना दर्ता अखाद्य नक्कली मह उत्पादन गरी बेच्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको ज्याठामा रहेको श्रेष्ठको कारखानामा छापा मारी उनलाई पक्राउ गरेको हो। श्रेष्ठको कारखानाबाट ७ हजार लिटर अखाद्य मह बरामद गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले आफ्नै घरमा अखाद्य वस्तुको संयोजन गरी नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का श्रेष्ठले आफू र श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ कम्पनी सन्चालन गरी गुणस्तरहीन मह बनाई विक्री वितरण गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले स्पर्स हनी नामको लेबल टाँसेर विक्री वितरण गर्ने गरेको र सो ब्राण्ड दर्ता समेत नभएको प्रहरीको भनाइ छ ।

प्रहरीले उक्त कम्पनीले वितरण गरेका मह सेवन नगर्न र तत्काल खबर गर्न समेत आग्रह गरेको छ ।

प्रहरीले अप्रेसन हनीको नाम दिएको उक्ता छापाको विवरण यस्तो रहेको छ ।